आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा « Khabarhub

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

सनराइजर्स हैदरावादद्वारा राजस्थान रोयल्स ५ विकेटले पराजित


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि शानदार जित दर्ता गरेको छ। शनिबार राति जयपुरमा भएको उच्च स्कोरिङ खेलमा हैदरावादले राजस्थानले दिएको २२९ रनको विशाल लक्ष्य १८.३ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो ।

हैदरावादको जितमा प्रारम्भिक ब्याटर ईशान किशनले विष्फोटक पारी खेले। उनले मात्र ३१ बलमा ७४ रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। उनको यो इनिङ्स नै खेलको निर्णायक मोड बन्यो । उनी ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रनको उच्च स्कोर खडा गरेको थियो। घरेलु मैदान र विशाल स्कोरका बाबजुद राजस्थानका बलरले हैदरावादका ब्याटरलाई रोक्न सकेनन्। हैदरावादले ९ बल बाँकी छँदै ५ विकेटको क्षतिमा २२९ रन बनाउँदै महत्वपूर्ण दुई अंक जोडेको हो ।

यो जितसँगै समान १०/१० अंक तालिकामा रनरेटका आधारमा सनराइजर्स हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ भने पराजित राजस्थान रोयल्स चौथो स्थानमा झरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : २५ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम