प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने « Khabarhub

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ आठ भाषामा प्रदर्शन हुने भएको छ ।

नायिका कार्कीका अनुसार नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारी गरिएको छ ।

यस फिल्मको नेपालका लागि प्रदर्शन मिति भदौ १२ गतेलाई तोकिएको छ ।

यही फिल्मको पोस्ट प्रोडक्सनका कामका लागि उनी भारतमा छिन् । यही दौरान उनले बलिउड नायक अनिल कपुरलाई भेटको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।

उनकै होम ब्यानर ‘आयंका फिल्मस्’ले यो फिल्म बनाएको हो ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको यस फिल्ममा नायिका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौं कलाकारको अभिनय रहेको छ ।

प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता जिम्मेवारीमा छन् । कथा कार्कीको हो भने स्क्रिप्ट सान बस्नेतले लेखेका हुन् । कार्की र बस्नेत दुवैले संवाद लेखेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ०५ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर