ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली « Khabarhub

ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको डीनर कार्यक्रममा गोली चलाउने युवक ३१ वर्षीय रहेको खुलेको छ।

बीबीसीको रिपोर्टअनुसार हमलामा संलग्नको पहिचान ३१ वर्षीय कोल टमस एलनका रूपमा भएको छ। उनी अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा हुन्।

सार्वजनिक अभिलेखअनुसार, एलन पार्ट-टाइम शिक्षक थिए । त्यस्तै उनी भिडियो गेम डेभलपर पनि रहेको खुलेको छ। एफबीआईले निकालेको उनको प्रोफाइलअनुसार उनी डिसेम्बर २०२४ मा ‘टिचर अफ द मन्थ’ पनि घोषित भएका थिए।

उनले सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका खुलेको छ। गत वर्षमात्रै उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटी, डोमिङ्गुएज हिल्सबाट कम्प्युटर साइन्समा स्नातकोत्तर डिग्री हासिल गरेका थिए।

कार्यक्रम भएको होटलमै थिए

प्रहरी विभागका कार्यवाहक प्रमुख जेफ्री क्यारोलका अनुसार ती युवक ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससहित रहेको होटलमा पाहुनाका रुपमा थिए । उक्त होटलमै ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर कार्यक्रम भइरहेको थियो। उनी बसेको कोठाको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

रिपोर्टअनुसार, हमलामा संलग्न उनीसँग एउटा सटगन, एउटा ह्यान्डगन र केही चक्कु थिए। वासिङ्टन डीसीकी मेयरले आक्रमणकारीको अहिले अस्पतालमा उपचार भइरहेको जानकारी दिएकी छन्।

अमेरिकी अटर्नीका अनुसार आक्रणकारीलाई दुईवटा आरोप लगाइएको छ । पहिलो, हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको र दोस्रो, खतरनाक हतियार प्रयोग गरी संघीय अधिकारीमाथि आक्रमण गरेको। उनलाई सोमबार संघीय अदालतमा पेश गरिनेछ।

डिनर वार्षिक कार्यक्रम

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर मिडिया र राजनीतिसँग सम्बन्धित एक विशेष वार्षिक कार्यक्रम हो। यसलाई ह्वाइट हाउस कभर गर्ने पत्रकारहरूको संगठन ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनले आयोजना गर्छ।

यस कार्यक्रममा राष्ट्रपति स्वयम्ले आफू, आफ्ना विपक्षी र मिडियामाथि व्यंग्य गर्ने चलन छ। ट्रम्प गत वर्ष कार्यक्रममा सहभागी भएका थिएनन्।

उनी सन् २०११ मा पाहुनाका रूपमा सहभागी भएका थिए। त्यतिबेला राष्ट्रपति बराक ओबामाले उनको मजाक उडाएका थिए, जसपछि ट्रम्पले राष्ट्रपति चुनाव लड्ने निर्णय गरेका थिए।

२०२४ मा गोली प्रहार

१३ जुलाई २०२४ मा पेनसिल्भेनियामा भएको चुनावी सभाका क्रममा ट्रम्पमाथि ज्यान मार्ने प्रयास भएको थियो।

बटलर शहरमा आयोजित र्‍यालीमा भाषण गरिरहँदा करिब ४०० फिट टाढाबाट एक हमलाकारीले असल्ट राइफलबाट गोली चलाएको थियो, जसमा एउटा गोली ट्रम्पको दाहिने कानको माथिल्लो भाग छोएर निस्किएको थियो।

घटनालगत्तै सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई सुरक्षित बाहिर निकालेका थिए। उनलाई अस्पताल लगिएको थियो र केही समयमै डिस्चार्ज गरिएको थियो।

सुरक्षाकर्मीहरूले हमलाकारीलाई घटनास्थलमै मारेका थिए। उक्त घटनामा र्‍यालीमा सहभागी एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए। ट्रम्पले त्यसबेला प्रतिक्रिया दिँदै भनेका थिए, ‘मलाई भगवानले जोगाउनुभयो।’

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै राष्ट्रपति ट्रम्प, फर्स्ट लेडी र उपराष्ट्रपति जेडी भेन्ससहित सबै सुरक्षित रहेकोमा राहत व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन र यसको स्पष्ट शब्दमा निन्दा गरिनुपर्छ।’

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ३७ बजे

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक