चर्चामा माइकल ज्याक्सनको बायोपिक « Khabarhub

चर्चामा माइकल ज्याक्सनको बायोपिक


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा पाएका माइकल ज्याक्सनको बायोपिकले भारतमा चर्चा पाएको छ ।

सुपरस्टार गायकको निधनको १७ वर्षपछि उनको जीवन घटनाबारे बनेको फिल्म ‘माइकल’ अफ्रिल २४ बाट प्रदर्शनमा आएको हो ।

विश्वव्यापी रुपमा फ्यान फलोइङ भएका र सुपरस्टारका पनि सुपरस्टारका छवि बनाएका माइकलको बायोपिकको व्यापार भारतमा कल्पनाभन्दा बाहिर भएको भन्दै चर्चा भएको हो ।

बिहीबारको प्रिभ्यू, शुक्रबार र शनिबार गरी यो फिल्मले १० करोड भारु ग्रस कलेक्सन गरेको छ । शुक्रबारभन्दा शनिबार यसको व्यापार ३७ प्रतिशतले बढेको छ ।

सन् २०२६ मा भारतीय बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘माइकल’ बनेको छ ।

यसलाई भारतमा माइकलको प्रभावका रुपमा हेरिएको छ ।

‘धुरन्धर २’ र अक्षय कुमारको ‘भूत बंगला’सँगको प्रतिस्पर्धामा पनि ‘माइकल’ले राम्रो व्यापार गरेको हो ।

मृत्युको १७ वर्षपछि पनि भारतमा माइकलले एक पटक फेरि तरंग सिर्जना गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : ०५ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर