चर्चामा माइकल ज्याक्सनको बायोपिक « Khabarhub

चर्चामा माइकल ज्याक्सनको बायोपिक


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा पाएका माइकल ज्याक्सनको बायोपिकले भारतमा चर्चा पाएको छ ।

सुपरस्टार गायकको निधनको १७ वर्षपछि उनको जीवन घटनाबारे बनेको फिल्म ‘माइकल’ अफ्रिल २४ बाट प्रदर्शनमा आएको हो ।

विश्वव्यापी रुपमा फ्यान फलोइङ भएका र सुपरस्टारका पनि सुपरस्टारका छवि बनाएका माइकलको बायोपिकको व्यापार भारतमा कल्पनाभन्दा बाहिर भएको भन्दै चर्चा भएको हो ।

बिहीबारको प्रिभ्यू, शुक्रबार र शनिबार गरी यो फिल्मले १० करोड भारु ग्रस कलेक्सन गरेको छ । शुक्रबारभन्दा शनिबार यसको व्यापार ३७ प्रतिशतले बढेको छ ।

सन् २०२६ मा भारतीय बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘माइकल’ बनेको छ ।

यसलाई भारतमा माइकलको प्रभावका रुपमा हेरिएको छ ।

‘धुरन्धर २’ र अक्षय कुमारको ‘भूत बंगला’सँगको प्रतिस्पर्धामा पनि ‘माइकल’ले राम्रो व्यापार गरेको हो ।

मृत्युको १७ वर्षपछि पनि भारतमा माइकलले एक पटक फेरि तरंग सिर्जना गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान