भोजपुर–चखेवा सडक बन्द « Khabarhub

भोजपुर–चखेवा सडक बन्द


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो । बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए ।

पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । “बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौँ, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ”, उनले भने ।

सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ । टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ । डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ३ : ०२ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६