स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट « Khabarhub

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको सूचीमा अमेरिकी गायिका टेलर स्विफ्ट घोषित भएकी छन् ।

आफ्नो यात्रा २० वर्ष पूरा भएको अवसरमा स्पोटिफाइले उक्त अवधिमामा सबैभन्दा बढी स्ट्रिम गरिएका कलाकारको सूचीमा सार्वजनिक गरेको छ । जसमा टेलर नम्बर १ मा परेकी छन् ।

दोस्रोमा पुएर्टो रिकोका गायक ब्याड बन्नी र तेस्रोमा अमेरिकी ¥यापार ड्रेक छन् ।

स्वोटिफाईले हरेक विधामा सबैभन्दा बढी स्ट्रिमिङ भएका २० सामाग्रीको सूची निकालेको छ ।

त्यस्तै, उक्त अवधिमा सबैभन्दा बढी सुनिएको गीत एल्बम ‘अन भेरानो सिन ति’ बनेको छ । यसको गायक ब्याड बन्नी हुन् । दोस्रो सबैभन्दा बढी स्ट्रिम भएको एल्मब द विकेनन्डको ‘स्टार ब्वाइ’ हो । तेस्रोमा एड शीरनको ‘डिलक्स’ छ ।

सबैभन्दा बढी स्ट्रिमिङ भएको द विकेन्डको गीत ‘ब्लाइडिङ लाइट्स’ हो । दोस्रो बढी सुनिएको एड शीरनको गीत ‘सेप अफ यू’ हो । तेस्रोमा द नेबरहुडको गीत ‘स्वीटर वेदर’ छ ।

स्पोटिफाईले सबैभन्दा बढी सुनिएका पोडकास्ट, अडियो बुक, प्रिमियम फिचरमा बढी स्ट्रिमिङ भएका अडियोबुकको सूची पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : २७ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)