मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति भने सुरक्षित « Khabarhub

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति भने सुरक्षित


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

माली- मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर मारिएका छन्। देशभरका सैन्य स्थलहरूमा गरिएको आक्रमणका क्रममा उनको मृत्यु भएको समाचार अलजजीराले प्रकाशित गरेको छ।

आइतबार आएको यो खबर त्यसको भोलिपल्ट आएको हो, जब राजधानी बामाको नजिकैको सैनिक सहर कातीस्थित उनको निवासमा आक्रमण भएको थियो।
उक्त आक्रमण अल-कायदा सम्बन्धित समूह र तुआरेग विद्रोहीहरूले संयुक्त रूपमा गरेका थिए।

क्यामारा सन् २०२० र २०२१ का लगातार कू (सत्ता कब्जा) पछि बनेको सैन्य सरकारका एक प्रमुख पात्र थिए। उनलाई सैन्य नेतृत्वभित्र सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्थ्यो । उनी देशको सम्भावित भावी नेताका रूपमा पनि थिए ।

अल जजीराका अनुसार कातीस्थित उनको निवासमा आत्मघाती कार बम आक्रमण गरिएको थियो। काती राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कडा सुरक्षायुक्त सैन्य सहर हो, जहाँ अन्तरिम राष्ट्रपति आसिमी गोइटा पनि बसोबास गर्छन्।

अल-कायदानिकट जमायते नुसरत अल-इस्लाम वाल-मुस्लिम(जेएनआईए) र अजवाद लिबरेशन फ्रन्ट (एफएलए) का लडाकुहरूले संयुक्त रूपमा आक्रमण गरेका थिए।

गोइटा भने सुरक्षित स्थानमा जीवित रहेको बताइएको छ। आक्रमणको समयमा उनलाई सुरक्षित स्थानमा सारिएको थियो । उनी अझै पनि सैन्य कमाण्डमा रहेका छन्।

मालीका अन्य विभिन्न स्थानहरू-बामाको, गाओ, किडाल र केन्द्रीय सहर सेभारे-मा पनि सशस्त्र समूहहरूले आक्रमण गरेका छन्।

किडालमा आइतबार पनि ठूलो गोलीबारी र विस्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। आक्रमण सुरु भएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि स्थिति नियन्त्रणमा आएको छैन।

विश्लेषक ब्युलामा ब्युकार्तिका अनुसार आगामी दिनहरूमा क्षेत्रीय नियन्त्रणका लागि थप संघर्ष हुन सक्ने सम्भावना छ। उनले यसअघि आपसमा लडिरहेका समूहहरू अहिले साझा शत्रु अर्थात् माली राज्यविरुद्ध एकजुट भएको पनि उल्लेख गरेका छन्।

अफ्रिकन युनियन, अर्गनाइजेशन अफ इस्लामिक को-अपरशेनका महासचिव तथा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्यूरो अफ अफ्रिकन अफ्रिकाजले उक्त आक्रमणको निन्दा गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ४५ बजे

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको