कानुनी झमेलामा पर्दै युवा कमेडियन « Khabarhub

कानुनी झमेलामा पर्दै युवा कमेडियन


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ । स्ट्याण्डअप कमेडीले बनाएको राम्रै बजार कोरोना महामारीले शिथिल बनायो ।

कोरोनाअघि टुरमा व्यस्त बनेका धेरै कमेडियन अहिले विदेश पलायन भइसके । केही भने अझै सक्रिय छन् ।

अहिले फेरि कमेडीको सिन मौलाएका छन् । कोरोनाअघि स्ट्याण्डअप कमेडीमा जमेका कलाकारहरूले व्यक्तिगत शो लिएर आएका छन् ।

यता, कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कलाकारहरू पनि आफैँ शो सञ्चालनमा केन्द्रित छन् ।

‘कमेडी नाइन्ट्स विद च्याम्पियन’ र ‘कमेडी दरबार’ले ठूलो संख्यामा दर्शक पाइरहेका छन् ।

विशाल गौतमले ‘क्याल्स अप टङ’, सुन्दर खनालले ‘कमेडी बाज’ र अपूर्व क्षितिज सिंहले ‘ढ्यान ट्याडा’ नामक शो ल्याएका छन् ।

यी गतिविधिले कमेडी बजार पुनः एक पटक तंग्रिएको प्रष्ट हुन्छ । तर, शब्द चयनमा ख्याल नगर्दा उनीहरू कानुनी झमेलामा परिरहेका छन् । विगतका उदाहरण पनि उनीहरूले नजर अन्दाज गरेको पाइन्छ ।

झमेलामा कमेडियन

युवाहरूले कमेडीको सिन उकास्दा विवादबाट भने बच्न सकेका छैनन् । उनीहरूको शब्द चयनमा समस्या देखिन्छ ।

केहीको त कन्टेन्ट क्रिएसनमै पनि समस्या देखिएको छ । सोहीकारण उनीहरू अदालतसम्म पुगेका छन् ।

फिल्म ‘वीर विक्रम २’को समीक्षा कमेडीशैलीमा गर्ने हुँदा कमेडियन प्रनेश गौतम हिरासतसम्म पुगे । यो घटना जिल्ला अदातल काठमाडौँसम्म पुग्यो ।

यो मुद्दा सल्टाएपछि कमेडीबाट ओझेल परेका प्रनेश अहिले विदेश पलयान भए । उजुरीकर्ताले प्रनेशको हाउभाउ र शब्द चयनमा आपत्ति जनाएको थियो ।

विषय चयनकै कारण अर्का कमेडियन अपूर्व सिंह क्षितिज पनि हिरासतमा पुगे । एक समुदायले चरित्रबारे मजाक गरेको भन्दै उनी पक्राउ परे । अदालतले उनलाई आंशिक दोषी ठहर गर्दै १० हजार जरिवाना सुनाएको थियो ।

कमेडियन साजन श्रेष्ठ गायक कुमार सागरको नेवारी लवजमा मजाक गरेका कारण विवादमा आएका थिए । उनीविरुद्ध प्रहरीमा उजुरी पनि परेको थियो ।

केही दिनअघि मात्रै साजनसहित विशाल गौतम र उत्सव सापकोटलाई साइबर ब्यूरोले सम्झाइबुझाइ गरेर फर्काएको छ । उनीहरूले प्रहरीको चरित्रमा दाग लाग्ने अभिव्यक्ति दिएको ब्यूरो बताउँछ ।

उनीहरू प्रायः एकै प्रकृतिको विवादमा परेको पाइन्छ । विगतबाट उनीहरू सजग छैनन् कि भन्ने पनि शंका गर्ने ठाउँ छ ।

शब्द चयनको विवाद कता पुग्ला ?

टेलिभिजनबाटै प्रसारण हुने कमेडी शोमा पनि द्विअर्थी शब्द मनग्य प्रयोग भएको पाइन्छ । तथापि उनीहरू स्पोन्सर र टेलिभिजन सेन्सरका कारण नियन्त्रित छन् ।

स्वतन्त्ररुपमा युट्युबमा सार्वजनिक कमेडीमा अश्लील शब्द प्रयोग अति सामान्य देखिन्छ । अश्लील शब्द चयनमा असन्तुष्ट पक्ष धेरै छन् ।

सोहीकारण ब्यूरोले तीन कमेडियनले बनाएकाे समाचार सार्वजनिक भएपछि धेरैले अश्लील शब्द चयनको विरोध गरेका थिए । सामाजिक सञ्जालमा ठूलै जमात भेटिएको थियो ।

भारतमा अश्लील शब्द चयन गरेको भन्दै कमेडियन समय रैना ठूलो विवादमा परेका थिए । उनले केही महिनाअघि आधा घण्टा लामो भिडियो राखेर अनुभव सेयर गरेका थिए ।

करिअर संकट, मानसिक तनाव, स्टुडियो तोडफोड, मुद्दा मामिला र त्यसले परिवारमा नित्माएको समस्याबारेमा उनी बाेलेका थिए । यो सबैको कारक अश्लील शब्द चयन नै हो ।

नेपालमा पनि अश्लील शब्द चयनको विरुद्धमा अभिव्यक्तिहरू सार्वजनिक हुन थालेका छन् । कमेडियनहरु यसबारे सचेत नरहे अवस्था चिन्ताजनक नहोला भन्न सकिन्न ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ७ : ५० बजे

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ