वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण « Khabarhub

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ । इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिच्छाउन लागेका डुङ्गालाई लक्षित गरी उक्त आक्रमण गरिएको बिबिसीले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षा का लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालिएको स्पष्ट पारेको समाचारमा उल्लेख गरिएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘जारी युद्धविरामका बेला अमेरिकी सेनाले संयमता अपनाउँदै आफ्ना फौजको रक्षा गरिरहेको छ ।’

यो आक्रमण यस्तो समयमा भएको छ, जतिबेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको बताएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार प्रवक्ता हकिन्सले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज मार्गमा अवस्थित इरानी नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकैको क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको हो ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा ठुला विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीले यसबारे अनुसन्धान सुरु गरेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

गत साताको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको संकेत गरेका थिए, तर पछि उनले आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ४२ बजे

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो