पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने « Khabarhub

पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल हुन नहुने बताएका छन्।

अब्राहम अकर्ड्स त्यो सम्झौता हो, जसअन्तर्गत केही मुस्लिम देशहरूले इजरायलसँग आफ्नो सम्बन्ध सामान्यीकरण गरेका थिए।

समा टीभीलाई दिइएको अन्तर्वार्तामा ख्वाजा आसिफले व्यक्तिगत रूपमा उनी त्यस्तो कुनै पनि सम्झौताको समर्थन गर्दैनन्, जुन पाकिस्तानी विचारधारासँग बाझियोस्।

उनले यो मुद्दामा पाकिस्तानको अडान एकदम स्पष्ट रहेको बताउँदै अमेरिकी प्रस्ताव पाकिस्तानलाई स्वीकार्य नरहेको उल्लेख गरे ।

यो बयान त्यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूलाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न अपिल गरेका छन्।

ट्रम्पले मुस्लिम देशहरूलाई इजरायलसँग सम्बन्ध सुधार्न आग्रह गरेका छन्। उनले शनिबार साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट र जोर्डनका नेताहरूसँग भर्चुअल बैठक गरेका थिए।

ट्रम्पले सोमबार सोसल मिडियामा यसको जानकारी दिँदै अमेरिकाले इरान संकट समाधान गर्न ठूलो मिहिनेत गरेको बताए। अब यी सबै देशहरू अब्राहम अकर्ड्स (सम्झौता) मा सामेल भएर इजरायलसँग सम्बन्ध सुधार्न लाग्नुपर्ने उनको जिकिर छ।

ट्रम्पले यूएई र बहराइन पहिले नै अब्राहम सम्झौताको हिस्सा रहेका बताउँदै केही देशहरूसँग यसमा सामेल नहुनुको ‘एक-दुई कारण’ हुन सक्ने जिकिर गरे। उनले धेरैजसो देशहरू यसका लागि तयार हुनुपर्नेमा जोड दिए ।

पाकिस्तानसहित यी मुस्लिम देशहरूले अझैसम्म इजरायललाई मान्यता दिएका छैनन्। यी देशहरूले इजरायलसँग व्यापारिक, कूटनीतिक वा कुनै पनि प्रकारको सम्बन्ध राखेका छैनन्।

ट्रम्पले यदि यी देशहरूले इजरायलसँग सम्बन्ध बनाए यो सम्झौता इतिहासको सबैभन्दा ठूलो घटनामध्ये एक बन्न सक्ने बताए। उनले अब्राहम सम्झौतामा जोडिएका देशहरूलाई आर्थिक, व्यापारिक र सामाजिक रूपमा ठूलो फाइदा भएको बताए ।

उनले यूएई, बहराइन, मोरोक्को, सुडान र कजाकिस्तानलाई यसबाट ठूलो लाभ मिलेको बताए। उनले यसलाई विश्वको सबैभन्दा सम्मानित र सबैभन्दा महत्वपूर्ण सम्झौता भने।

ट्रम्पले अब्राहम सम्झौताले पश्चिम एसियालाई ५००० वर्षमा पहिलो पटक वास्तविक शक्ति, शान्ति र आर्थिक मजबुती दिन सक्ने बताए। साउदी अरब र कतारले अब्राहम सम्झौतामा हस्ताक्षर गरेर यसको सुरुवात गर्नुपर्ने उनले बताए। बाँकी देशहरूले पनि त्यसै गर्नुपर्ने उनको तर्क छ।

ट्रम्पको सल्लाहमा बैठकमा मौनता

यसअघि अमेरिकी समाचार वेबसाइट एक्सियोसले ट्रम्पको मुस्लिम देशका नेताहरूसँगको बैठकबारे लेखेको थियो । रिपोर्ट अनुसार ट्रम्पले शनिबार मोहम्मद बिन सलमान (साउदी), मोहम्मद बिन जायद अल नाहयान (यूएई), तमिम बिन हमद अल थानी (कतार), आसिम मुनीर (पाकिस्तान), रजब तैयब एर्दोगान (टर्की), अब्देल फतह अल-सिसी (मिस्र) लगायतका नेताहरूसँग कुराकानी गरेका थिए।

ट्रम्पले जब यी नेताहरूलाई इजरायलसँग सम्बन्ध सुधार्न दबाब दिएका थिए । उनको यो कुराले केही सेकेन्डका लागि अनलाइन बैठकमा मौनता छायो। विशेष गरी साउदी अरब, कतार र पाकिस्तानबाट प्रतिक्रिया आएन।

माहौल यति शान्त भएको थियो कि ट्रम्पले मजाक गर्दै सोधे, ‘के तपाईंहरू अझै पनि फोन लाइनमा हुनुहुन्छ?’

अन्त्यमा ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई यी देशहरूलाई अब्राहम सम्झौतामा सामेल गर्ने प्रक्रिया तुरुन्त सुरु गरेर सफलता पाउन निर्देशन दिए।

इरान पनि अब्राहम सम्झौतामा जोडिन सक्छ

ट्रम्पको पोस्टको सबैभन्दा आश्चर्यजनक कुरा उनले इरानलाई पनि यसमा जोडिने बताए। ट्रम्पले यदि इरानले उनीहरूसँग सम्झौता गर्दा उसलाई पनि अब्राहम सम्झौताको हिस्सा बनाउनु ‘सम्मान’ को कुरा हुने तर्क गरे।

ट्रम्पले आइतबार पनि इरान अब्राहम सम्झौताको हिस्सा बन्न सक्ने बताए। इरानले दशकौंदेखि इजरायललाई मान्यता दिन अस्वीकार गर्दै आएको छ।

इरानले इजरायलसँग सम्बन्ध बनाउने अरब देशहरूको पनि विरोध गर्दै आएको छ। त्यसैले ट्रम्पको यो सुझावलाई अत्यन्त विवादास्पद मानिएको छ।

अमेरिकी समर्थक गठबन्धन

एक्सियोस अनुसार ट्रम्पको सबैभन्दा ठूलो रणनीतिक प्रयास इरान युद्ध समाप्त भएपछि पश्चिम एसियामा नयाँ अमेरिकी समर्थक गठबन्धन तयार गर्ने रहेको छ। जसमा इजरायल र प्रमुख अरब देशहरू एकैसाथ रहनु पर्ने उनको इच्छा छ ।

दशकौंसम्म अरब देशहरू प्यालेस्टाइन मुद्दा समाधान नभएसम्म इजरायललाई मान्यता नदिइने अडान राखेका छन्। ट्रम्पको प्रयासपछि सन् २०२० मा अब्राहम सम्झौताले त्यो पुरानो नीतिलाई तोडिदियो। यसअन्तर्गत यूएई, बहराइन र मोरोक्को जस्ता देशहरूले इजरायलसँग औपचारिक सम्बन्ध स्थापित गरे।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १ : २० बजे

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत

सुकुम्वासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा 

काठमाडौं– काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही