संसद्‍मा प्रतिपक्षीको विरोध, कांग्रेसले भन्यो : सरकारको अहंकार र दम्भले लोकतन्त्र खतरामा पर्दैछ « Khabarhub

संसद्‍मा प्रतिपक्षीको विरोध, कांग्रेसले भन्यो : सरकारको अहंकार र दम्भले लोकतन्त्र खतरामा पर्दैछ


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहले बहुमतको दम्भ देखाएर अघि बढेको आरोप लगाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारले संसद् र संसदीय समितिहरूलाई प्रभावकारी बनाउन नसकेको बताइन्। प्रतिपक्षी दलहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर उनले यो अभिव्यक्ति दिइन्।

‘संसद् केवल प्रतिपक्षको प्रतिनिधि मात्र होइन, सरकार पनि उत्तरदायी हुनुपर्छ,’ थापाले भनिन्, ‘म यहाँ लोकतान्त्रिक मूल्य र जनमतको पक्षमा बोल्दैछु। संसद् केवल संख्याको खेल मात्र होइन, यो विचार र विमर्शको थलो हो।’

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार बहुमतको अहंकारमा अघि बढेको आरोप लगाउँदै भने, ‘यी घटनाहरूले लोकतान्त्रिक व्यवस्थाको आत्मामै प्रहार गरेको छ।’

थापाले थपिन्, ‘लोकतन्त्र संवादबाट बलियो हुन्छ। बहुमतलाई सर्वशक्तिमान ठानेर अघि बढ्दा अहंकार बढ्छ र त्यो कुनै पनि शासन प्रणालीलाई दीर्घकालीन सफलता दिँदैन।’

कांग्रेसले संसद्मा अवरोधका लागि अवरोध नचाहेको स्पष्ट पार्दै थापाले सरकारलाई साझा एजेन्डासहित अघि बढ्न आग्रह गरिन्।

‘कांग्रेस जनमतको सम्मान गर्दै सरकारलाई रचनात्मक सहयोग गर्न तयार छ,’ उनले भनिन्, ‘तर सहकार्य एकतर्फी हुँदैन। सरकारमा विनम्रता, उत्तरदायित्व र जवाफदेहिता आवश्यक छ।’

उनले संसद्को मर्यादा जोगाउने दायित्व केवल प्रतिपक्षको मात्र नभई सरकारको पनि भएको बताइन्। ‘बहुमतको बलमा होइन, विश्वासको आधारमा सरकार चलाउनुस्। प्रतिपक्षलाई सुन्नुस्, लोकतान्त्रिक प्रवृत्ति अपनाउनुस्,’ थापाको आग्रह थियो।

थापाले सुशासन र समुन्नति दम्भबाट नभई संवादबाट मात्र सम्भव हुने बताइन्। ‘लोकतन्त्र असहमतिको सम्मानबाट बलियो हुन्छ। यो सबैको साझा चासोको विषय हो,’ उनले भनिन्।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  २ : ३२ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर