प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा « Khabarhub

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

समूह 'डी' बाट अस्ट्रेलिया र प्याराग्वे अन्तिम ३२ मा प्रवेश


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया जारी २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा बिहीबार भएको खेलमा प्राप्त १ अङ्कसँगै अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो ।

समूह चरणमा अस्ट्रेलियाले कुल ४ अङ्क जोड्यो। आफ्नो पहिलो खेलमा टर्कीलाई पराजित गरेको अस्ट्रेलिया दोस्रो खेलमा अमेरिकासँग पराजित भएको थियो। प्याराग्वेविरुद्धको निर्णायक खेलमा अस्ट्रेलियामाथि खासै ठुलो संकट नआए पनि टोलीले गोल भने गर्न सकेन। विश्वकप इतिहासमा अस्ट्रेलियाले सात पटक सहभागिता जनाएकामा समूह चरण पार गरेको यो तेस्रो पटक हो।

यता, अस्ट्रेलियासँगको यस बराबरीले प्याराग्वेको पनि नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। प्याराग्वे उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने दौडमा छ।

यसै समूहको अर्को खेलमा टर्कीसँग ३–२ ले पराजित भए पनि अमेरिका यसअघि नै समूह ‘डी’ को शीर्ष स्थान सुरक्षित हुँदै अघिल्लो चरणमा पुगिसकेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : २२ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम