राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन « Khabarhub

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । 

डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएको जनाएको छ । 

त्यस्ता सडकको सीमाभित्र निर्माण गरिएका संरचना १५ दिनभित्र सम्बन्धित पक्षले आफैँले खाली गराउन कार्यालयले निर्देशन दिइएको हो । 

डिभिजन कार्यालयका अनुसार भेरी करिडोर (छिन्चु–छेडा सडक), कर्णाली राजमार्गका हर्रे बाँङ्गेसिमल, बाँङगेसिमल दहीखोला, मध्यपहाडी राजमार्गको सुयाडा साइखोला, बाटोचौर काल्चे सडक, सुर्खेत–दैलेख महावु सडकमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र अतिक्रमण नहटाइए कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवले जानकारी दिए । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ५६ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका