राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन « Khabarhub

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । 

डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएको जनाएको छ । 

त्यस्ता सडकको सीमाभित्र निर्माण गरिएका संरचना १५ दिनभित्र सम्बन्धित पक्षले आफैँले खाली गराउन कार्यालयले निर्देशन दिइएको हो । 

डिभिजन कार्यालयका अनुसार भेरी करिडोर (छिन्चु–छेडा सडक), कर्णाली राजमार्गका हर्रे बाँङ्गेसिमल, बाँङगेसिमल दहीखोला, मध्यपहाडी राजमार्गको सुयाडा साइखोला, बाटोचौर काल्चे सडक, सुर्खेत–दैलेख महावु सडकमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र अतिक्रमण नहटाइए कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवले जानकारी दिए । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र