शिक्षासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय चिकिस्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई आमन्त्रण गरिएको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको आर्थिक वर्ष २०८३–०८४ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागका विभागीय प्रमुखलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : ५२ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा