विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ ।

दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको समान १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरको समाप्तिमा चार विकेट गुमाएर पूरा गरेको थियो । सुरुवातका दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेल जित्नै पर्ने दबाबमा छ ।

नेपालसमेत सहभागी शृङ्खलामा आयोजक नेदरल्यान्ड्सको दोस्रो जित निकालेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको नेदरल्यान्ड्सले शनिबार भएको खेलमा नामिबियालाई ५८ रनले हराएको हो । यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ । समान खेल खेलेको नेपाल र नामिबिया समान २४ अंकसहित पाँचौ र छैटौं स्थानमा छन्।

लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सिधै विश्वकपमा छनोट हुन नेपालले आगामी सबै खेल जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ७ : ४५ बजे

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे