साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू) « Khabarhub

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

भगवान् शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री चढाएर पूजा–आराधनामा सहभागी भएका छन्।

हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान् शिवको आराधना गर्ने परम्परा रहिआएको छ।

नेपालमा सौरमासअनुसार साउनको सोमबार व्रत बस्ने चलन रहेको छ । भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर प्रसिद्ध हिन्दू तीर्थस्थलका रूपमा परिचित छ ।

धार्मिक मान्यताअनुसार यस मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर भाग मानिन्छ, जसका कारण साउन महिनामा यहाँ देशभरबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ३७ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित