गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल « Khabarhub

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट र दुर्व्यवहार भएको दाबी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

सार्वजनिक भिडियोमा केही व्यक्तिले उनलाई घेरेर दुर्व्यवहार गरिरहेको देखिन्छ। भिडियोमा एक व्यक्तिले ‘अरूको पैसा कहिले तिर्छस्?’ भन्दै प्रश्न गरेको आवाजसमेत सुनिन्छ। भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा समर्थकले चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसको सत्यतामाथि प्रश्न उठाएका छन्।

उक्त दृश्य कहिले र कहाँ खिचिएको हो तथा घटनाको वास्तविक कारण के हो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन। घटनाबारे दर्जीको परिवार वा सम्बन्धित निकायबाट पनि अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन।

सङ्घर्षपूर्ण साङ्गीतिक यात्राबाट चर्चामा आएका अशोक दर्जी पछिल्लो समय पढाइसँगै साङ्गीतिक र अभिनय क्षेत्रमा निरन्तर सक्रिय छन्। केही समयअघि गाउँ पुगेका बेला उनले आफू कक्षा ११ मा अध्ययनरत रहेको र नयाँ चलचित्र ‘पार्वती’मा अभिनय गरिरहेको जानकारी दिएका थिए।

भिडियो भाइरल भएपछि उनका शुभचिन्तकहरू चिन्तित बनेका छन्। तर, घटनाबारे आधिकारिक पुष्टि नभएकाले सामाजिक सञ्जालमा गरिएका दाबीहरूका पछाडि नलाग्न र तथ्य आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ११ : ०३ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा