आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु « Khabarhub

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएकी थिइन् ।

उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए ।

त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधैँ काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ११ : ०४ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित