नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा शुभारम्भ हुँदैगर्दा पीडित स्थानीयहरुले भने विरोध प्रदर्शन गरेका छन् ।  

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले बिभिन्न पाँच बुँदे माग राख्दै सुरुङमार्ग प्रवेश सडक अगाडी विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने , सडक पेटी फराकिलो बनाउनुपर्ने, नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना पीडितहरुलाइृ रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइट व्यवस्था गर्नुपर्ने र फ्लाइ ओभरको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ हुनुपर्ने उनीहरुको माग छ ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गसम्म पुग्ने सडकमा आवतजावत गर्न स्थानीयलाई समस्या भएकाले आफुहरुले जायज मागका साथ प्रदर्शन गरेको उनीहरुको भनाइ छ ।

 
प्रदर्शनकारीहरुले आफुहरुको जायज माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ११ : ५० बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित