आफूमाथि दुर्व्यवहार गरेर भिडियो भाइरल बनाएको भन्दै गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन « Khabarhub

आफूमाथि दुर्व्यवहार गरेर भिडियो भाइरल बनाएको भन्दै गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

झापा – गायक अशोक दर्जीले आफूमाथि हातपात गरी चरित्रहत्या गर्ने नियतले सामाजिक सञ्जालमा भिडियो फैलाइएको भन्दै प्रहरीमा निवेदन दिएका छन्।

झापाको दमक नगरपालिका–१ घर भएका १६ वर्षीय गायक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) मा निवेदन दिँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्।

दर्जीले दिएको निवेदन अनुसार, करिब एक महिनाअघि माता मन्दिर छेउ बस्ने आफ्ना मावली हजुरआमा, आमा तथा परिवारका सदस्यलाई भेट्न उनी बिर्तामोड पुगेका थिए। सोही क्रममा साथीसँग महानन्द चोक गेट छेउमा नास्ता खाइरहेका बेला स्थानीय ‘काजी दाइ’ सिटी सफारी लिएर आएका र आफूलाई सँगै जान भनेका थिए।

त्यसपछि ‘ओकिल’ नाम गरेका व्यक्तिले काजी दाइसँग १० हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको र पछि आफू स्कुटीमा काजी दाइसँग घर फर्किएको निवेदनमा उल्लेख छ।

तर, उक्त घटनाको एक सातापछि बिर्तामोडको देवीबस्ती क्षेत्रस्थित पेट्रोल पम्पमा स्कुटीमा तेल हाल्दै गर्दा ओकिल, साङ्गे प्रधान र शान्तिनगर बस्ने फुच्चे भन्ने ३ जना मिलेर आफूलाई घेरी ‘चोर’ भन्दै हातपात गरेको दर्जीले बताएका छन्। उनीहरूले ‘हजार रुपैयाँ चोर्‍यो’ भन्दै हुलमुल गरी भिडियो खिचेका र उक्त भिडियो सामाजिक सञ्जालमा हालेर आफ्नो भविष्यमाथि खेलबाड गरेको दर्जीको आरोप छ।

भिडियो सामाजिक सञ्जालबाट हटाइदिन आग्रह गर्दासमेत उल्टै धम्क्याउने काम भएको भन्दै दर्जीले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र आफूलाई न्याय दिलाउन प्रहरी प्रशासनसँग माग गरेका छन्। प्रहरीले भने निवेदनमाथि छानबिन भइरहेको जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : ०६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित