आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती « Khabarhub

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मस्को– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ । 

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो ।

तीन सदस्यीय टोलीले आइएसएसमा २४१ दिनको वैज्ञानिक तथा प्राविधिक अभियान पूरा गरेको थियो । यो अभियान विलियम्स र मिकेभका लागि पहिलो अन्तरिक्ष यात्रा थियो भने कुड–स्वेर्चकोभका लागि दोस्रो अन्तरिक्ष मिसन बनेको छ ।

अवतरणपछि चालक दललाई हेलिकप्टरमार्फत कारागान्डा लगिने कार्यक्रम रहेको छ । त्यसपछि नासाका अन्तरिक्ष यात्री विलियम्स अमेरिका फर्केर ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर जानेछन् भने रुसी अन्तरिक्ष यात्री कुड–स्वेर्चकोभ र मिकेभ मस्को नजिकैको स्टार सिटीस्थित प्रशिक्षण केन्द्र फर्कनेछन् ।

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धी रहेका अमेरिका र रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा भने लामो समयदेखि सहकार्य गर्दै आएका छन् ।

 सन् २०२२ मा युक्रेन युद्धपछि दुई देशबीच राजनीतिक सम्बन्ध तनावपूर्ण बने पनि अन्तरिक्ष कार्यक्रमअन्तर्गत दुवै देशले संयुक्त अभियानलाई निरन्तरता दिएका छन् ।

त्यसअनुसार अमेरिकी र रुसी अन्तरिक्ष यात्रीहरू दुवै देशका अन्तरिक्षयानमार्फत नियमित रूपमा आइएसएसमा आवतजावत गर्दै आएका छन् ।

यसैबीच, जुलाई १४ मा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोसमोसका अन्तरिक्ष यात्री प्योत्र डुब्रोभ र अन्ना किकिना सवार नयाँ टोली कजाकिस्तानस्थित बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपणपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेको थियो । उनीहरूले आठ महिनाको नयाँ अभियान सुरु गरेका छन् । 

उक्त प्रक्षेपणमा नासाका प्रशासक जारेड आइज्याकम्यान पनि सहभागी भएका थिए । यो आठ वर्षयता नासा प्रमुखको बैकोनुर कोस्मोड्रोम भ्रमणको पहिलो अवसर भएको जनाइएको छ ।

हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको ‘एक्सपिडिसन–७५’ अभियानमा नासाका जेसिका मीर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोट तथा रोस्कोसमोसका आन्द्रेई फेडयेभ कार्यरत छन् ।रासस

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : ४५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही