समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल « Khabarhub

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै सरकार अघि बढिरहेको बताएका छन् । 

सोमबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले अहिले धेरै क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार अघि बढिरहेको बताएका हुन् ।

उनले चुनौतीलाई अवसरको रुपमा लिँदै सरकार प्रभावकारी ढंगले अघि बढ्न खोजेको उनको भनाइ छ । त्यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने मुख्य आरोपीलाई पक्राउ गरिसकेको भन्दै त्यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । 

उनले राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरी जग्गा प्राप्ति तथा आफ्नै भवन निर्माणको प्रक्रिया चाँडो अगाडि बढाउने प्रतिबद्धता गरे ।

साक्षर मधेश प्रदेश घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र सो विषयमा मुख्यमन्त्री तथा अन्य प्रदेश प्रमुखहरूसँग छलफल गर्ने उनको भनाइ छ । 

उनले अघिल्लो भ्रमणमा विद्यार्थीहरूले गरेको मागबमोजिम संकट मोचन विद्यालयमा विद्यार्थीहरूलाई खेल सामग्री वितरण गरेका थिए ।  

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १ : ०१ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा