‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग « Khabarhub

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न सोमबार माग गरेको छ ।

परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध प्रदर्शन गर्दै आएको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ ।

‘पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुनेछ,’ समूहले विज्ञप्तिमार्फत जनाएको छ । उसले आफ्ना माग पूरा नभए थप आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र अन्य अनियमितता दोहोरिएको भन्दै विद्यार्थी तथा युवामा असन्तुष्टि बढिरहेका बेला शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुभएको दुई दिनपछि आन्दोलनकारी समूहको उक्त माग आएको हो ।

प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासन अधिकारीले दिए पनि सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको सीजेपीको आरोप छ ।

तीस वर्षीय जनसम्पर्क विषयका स्नातक अभिजित दिपकेले मे महिनामा सुरु गरेको उक्त आन्दोलनले सामाजिक सञ्जालमा ठूलो समर्थन पाएको जनाइएको छ ।

प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै गत साता नयाँदिल्लीसहित विभिन्न सहरमा मुख्यतः विद्यार्थीको सहभागितामा प्रदर्शन भएका थिए ।

जुलाई २० मा नयाँदिल्लीमा भएको प्रदर्शनले उग्र रूप लिएको थियो । प्रदर्शनकारीले जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो । त्यसक्रममा झडप हुनुका साथै धेरै प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो ।

सोमबार संसद्मा पनि उक्त विषयले प्रवेश पाएको थियो । विपक्षी सांसदले गत साता प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै पटकपटक सदनको कामकारबाही अवरुद्ध गरेका थिए ।

अवरोधबीच सरकारले तल्लो सदनमा परीक्षाको प्रश्नपत्र चुहावटमा सङ्गलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक प्रस्तुत गरेको छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ४९ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा