असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू « Khabarhub

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय सचिवालयलाई जानकारी नदिएको भन्दै नेताहरु असन्तुष्ट छन्। पार्टी सचिवालयको ग्रुपमा नेताहरूले असन्तुष्टि पोखेपछि ओलीलाई केही शीर्ष नेताहरुले भेट्न लागेको बताइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कर्णालीबाट राजीनामा दिएका मुख्यमन्त्री यामलाल कडेल लगायतका नेताहरुले निरन्तर असन्तुष्टि जनाएपछि शीर्ष नेताहरुले ओलीलाई भेटेर छलफल गर्न लागेका हुन् ।

ओलीको सचिवालयले दिएको जानकारी अनुसार आज ओलीलाई भेट्न एमालेका शीर्ष नेताहरू गुण्डु जाने कार्यसूची छ। सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई भेट्न उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल सहित अरु नेताहरु पनि सहभागी हुन सक्ने बताइन्छ ।

भेटमा सत्ता सहकार्य सँगै एमालेले सातै प्रदेशमा गरेको सुझाव संकलन कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ३९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही