शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो « Khabarhub

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताएकी छन् ।

चितवनको माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै उनले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भनिन् ।

उनले भनिन्, ‘राजनीति त चुनावको बेला गरिहालियो नि । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।’

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उनले जानकारी दिए । जङ्गलको सडक निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरिन् । 

उनले भनिन्, ‘अहिले निकुञ्जको रूख गणना भइरहेको छ । त्यसपछि सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्छ । यो जङ्गलको बाटो त बन्छ, बन्छ ।’ 

यत्रो वर्ष बितिसक्दासमेत जनताले जङ्गलको बाटो नै माग गर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्र जङ्गलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राखिन् । 

उनले भनिन्, ‘माडीलाई  विकास गर्न हामी एक ठाउँमा उभिऔँ । समाजमा जस्तो पनि टीका-टिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ ।’

माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । 

उनले भनिन्, ‘माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु ।’

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : १७ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही