गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने  « Khabarhub

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । 

आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको वार्ताबाट दुवै पक्षले आठ बुँदे सहमतिको मस्यौदा तयार पारेको हो । मस्यौदा अनुमोदनको लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोखरलेलाई पठाइएको छ । 

वार्ता टोलीले सरकारको जवाफ पर्खिरहेको डा. केसीका सहयोगी एवम् वार्ता टोलीका सदस्य डा.अमृत जैसीले जानकारी दिएका छन् । मोटामोटी सहमति भए पनि त्यसमा हस्ताक्षर हुन बाँकी रहेको भन्दै उनले आठ बुँदेमध्ये केही थपघट पनि हुन सक्ने बताए । 

सरकारी टोली र डा. केसीबिच शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, चालु आर्थिक वर्षमै एमबिबिएस पठनपाठन सञ्चालन गर्ने सहमति भएको मस्यौदा तयार पारिएको छ ।

यसैगरी, रजिस्ट्रार डा। भीमबहादुर चन्दलाई पदमुक्त गर्ने र उपकुलपति डा। सुनिलकुमार जोशीलाई यथावत् राखेर ऐनमा स्वार्थ बाझिने व्यवस्थाका प्रावधान हटाउने लगायतका विषयमा सहमतिको मस्यौदा तयार पारेर पठाइएको छ । 

केसीले पाँच बुँदे माग राख्दै धनगढीमा अनशन गरिरहेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नु पर्ने, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी (उपकुलपति र रजिस्ट्रार) नियुक्ति बदर गर्नु पर्ने उनको माग छ ।

यसैगरी, डा.केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नु पर्ने, जेन-जी आन्दोलनमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरुलाई कडा कारबाही गर्नु पर्ने, २०४६ देखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ, पदाधिकारीबाट भएका भ्रष्टाचार एवम् अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु पर्ने लगायतका माग अगाडि सारेका थिए ।  

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन् । 

यसैगरी, अनशरत डा.केसीको पक्षबाट डा. पवन थापा र अमृत जैसीले प्रतिनिधित्व गरिरहेका छन् । आफूले अगाडि सारेको माग सरकारले साउन ५ गतेसम्म सम्बोधन नगरेपछि डा. केसीले ७ गतेदेखि धनगढीमा अनशन गरिरहेका छन् । 

सुरुमा धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि शनिबार सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उनको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : २१ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका