जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ? « Khabarhub

जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न टिप्पणी सुरू भएको छ । यसकारण खबरहबले घटनाबारेको तथ्य प्रहरीसँग मागेको छ ।

अशोकले यस घटनाबारे सार्वजनिक रुपमा बालेका छैनन् । तथापि, उनी अनुबन्ध भएकी फिल्मकी निर्माता तथा नायिका नीता ढुंगानाले भिडियो र घटनाप्रति आपत्ति जनाएकी छन् । अशोकको व्यवसायिक र निजी जीवनमा प्रभावित पार्न खोजेको उनको दाबी छ ।

अशोकले ती दुर्व्यवहार गर्ने किशोरहरूविरुद्ध दर्ता गरेको उजुरी पनि उनैले सार्वजनिक गरेकी हुन् । गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि सडकबाटै उठाएर अशोकलाई संरक्षण दिएका थिए ।

टंकसँग अशोक छुटिएको १ वर्ष पनि पुगेको छैन । अहिले ‘पैसा लगेर नतिरेको’भन्दै केही किशोरहरूले अशोकलाई पिटेको भिडियो भाइरल भएको हो ।

‘पैसा अभावमा अशोक आर्थिक समस्यामा थिए, सडकमा भेटिए । फेरि आर्थिक संकटले उनी रोडमै कुटाइ खान बाध्य भए’ भन्ने कोणबाट चर्चा भएको छ ।

के फेरि अशोक पुरानै अवस्थामा पुगेका हुन् त ? भिडियोबारे प्रहरीको कोणबाट बुझौँ ।

भिडियोबारे

यो भिडियो अहिले भाइरल भए पनि घटना जेठ महिनाको हो ।

यसबारे अशोकले असार २२ गते नै इलाका प्रहरी कार्यालय अनारमनी झापामा उजुरी दर्ता गराएका हुन् ।

घटनाको एक महिना ढिला गरेर अशोकले उजुरी गरेका हुन् । अर्थात्, जेठमै उनीमाथि कुटपिट भएको खुलेको छ। त्यही घटनाको भिडियो कैद गरिएको तथ्य जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले खबरहबलाई बताए ।

के भन्छ प्रहरी ?

यो घटनाबारे अशोक ‘आफूलाई बदनाम पार्न चोरको आरोप लगाएर कुटेको’ निटकस्थहरूलाई बताउँदै आएका छन् । खबरहबले सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्वीच अफ थियो ।

अशोककै समय नमिल्दा उजुरी परे पनि दुई पक्षबीच छलफल हुन नसकेको डीएसपी रञ्जन अवाले बताए ।

उनले भने, ‘अशोकजीलाई छलफलका लागि दुई पटक बोलायौं । उहाँकै समय मिलेन । कामले धेरैजसो काठमाडौं नै हुनुहुँदो रहेछ ।’

भिडियोमा अशोकलाई पिट्ने किशोरहरूलाई सोधपुछका लागि कार्यालयमा झिकाउने केही प्रक्रिया प्रहरीबाट भएको छैन ।

अशोकले ‘भोलि वा पर्सि छलफलका लागि प्रहरीसमक्ष उपस्थित हुन्छु’ भनेको उनले जानकारी दिए ।

त्यसपछि मात्रै आवश्यक प्रक्रिया सुरू हुने डीएसपी अवाले बताए ।

उनले भने, ‘अहिले कुरा एक पक्षीय छ। दुवै पक्षलाई बोलाएर छलफल गरेपछि के भएको हो ? कस्तो प्रक्रिया अघि बढाउने थाहा हुन्छ ।’

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : १६ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय