भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू « Khabarhub

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ।

सोमबार आयोजित कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब ७.५ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको हो। परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

यो दार्चुलामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा शैल्यशिखर नगरपालिकाका मेयरसहित अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासले नेपाल र भारतबीच निकट छिमेकीका रूपमा व्यापक तथा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गरेको छ।

यसका साथै, उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रको पूर्वाधार विकासमा सहयोग गर्दै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई भारत सरकारले निरन्तर साथ दिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : ३४ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ