रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने « Khabarhub

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल हुनेछ । यस्तै, बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

बढीले रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ३४ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६