रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला « Khabarhub

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे र विभिन्न प्रहरी चौकीका गरी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। २०८३ साउन ११ गते बिहानसम्म प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि तीन हजार ३ सय ९८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

जिल्लास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना मात्र सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन्। यस्तै, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफूबेँसीका ८ मध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना, बेत्रावतीका १० मध्ये ९ जना र हाकुका ६ मध्ये ५ जना प्रहरी कर्मचारी मात्र सम्पर्कमा आएका छन्।

बाढीका कारण देशका विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परिसकेको छ। जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी पश्चिममा २-२ जनाको शव भेटिएको हो।

घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रि.वि. शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, त्रिशुली अस्पतालमा ९, नर्भिक अस्पतालमा ३ तथा बिरामी/घाइतेमध्ये बिरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १-१ जनाको उपचार भइरहेको जनाइएको छ।

सम्पर्कविहीन रहेका प्रहरी कर्मचारी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र पारिएको र राहत तथा उद्धारका लागि सुरक्षा निकाय निरन्तर खटिरहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : ५७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६