रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन « Khabarhub

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।

रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका आठ पुरुष र दुई महिला गरी १० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए ।

‘हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । बाढी आएपछि उहाँहरूसँग सम्पर्क हुन नसकेको छैन’, उनले भने ।

खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३० का जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन रहेका छन् । उमेश बोहोराको श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन ।

त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ स्थायी घर भएका वर्ष ४१ नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन भएका छन् । शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत थिए ।

सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हामी सुरक्षित छौँ’ भन्ने आशयको पोस्ट गरेका थिए । त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : ४९ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह