राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव « Khabarhub

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उत्पन्न प्राकृतिक विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन प्रस्ताव गरेका छन् ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सभापति लामिछानेले सबै दलको साझा संयन्त्रमार्फत अघि बढ्दा प्रभावकारी हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौँ । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’

लामिछानेले विपद्को समयमा सरकारी कोषलाई एकद्वार प्रणाली मानेर सबै दलले सहयोग गर्नुपर्नेमा बताएका छन् । सरकारको राहत र उद्धार कोषलाई केन्द्रमा राखेर सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : १० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६