भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन « Khabarhub

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन् ।

 उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेस स्थापना गरी खोज तथा उद्धारका लागि भत्केका संरचनामा खोज तथा उद्धार गर्ने दक्ष टोली र गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

टोलीले विभिन्न संरचना तथा जलविद्युत् परियोजनालगायत प्रभावित स्थानहरुमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ ।

सशस्त्र प्रहरीबाट तालिम प्राप्त कुकुर र छ वटा ड्रोन समेत परिचालन गरिएको छ । परिचालित सो टोलीले लोकेट गरिएको १२ स्थानबाट ९८ वटा शव, ३० जना घाइते तथा ७३ जनाको समेत सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीमा घाइते भएकाका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य सञ्चालन गरेको छ । 

बाढीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० वटा बेडहरू समेत खाली राखिएको छ । 

त्यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० वटा वेड क्षमतासहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्‍याउने कार्य समेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : २६ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह