सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू « Khabarhub

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम भयो


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन दिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनिएको छ ।

सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका  सचित अर्याल,अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

जथाभाबी उडान गर्दा हुनसक्ने सम्भावित हेलिकप्टर दुर्घटना र अन्य प्राविधिक समस्याहरूलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।
 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : ३० बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट