विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प « Khabarhub

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

राष्ट्रिय संकटमा राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।

आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।

बैठकले विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने निर्णय भएको छ ।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका छन् ।

बैठकमा रास्वपाका सभापति रवि लामिद्धछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह सहभागी थिए ।

सर्वदलीय बैठकका १० बुँदे संकल्प :

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : २२ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह