विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा « Khabarhub

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकार पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर-सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताए । 

उनले गृहमन्त्रीको आग्रह अनुसार विपद्ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत पुर्‍याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने उल्लेख गरे । 

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे । 

त्यस्तै उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि संकलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको जानकारी दिए । 

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १२ : ३३ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका