फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू) « Khabarhub

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको ‘पोष्टमार्टम घर’बाहिर छन् । उनीहरूले हातमा दुई युवकको फोटो बोकेका छन् ।

ती दुई युवक हुन् – माधव न्यौपाने र सबिन न्यौपाने । यी दुई जना नातामा लिलावतीका भाइ पर्छन् । तिब्बत हुँदै नेपालतर्फ बुधबार बिहान आएको बाढीमा परेर उनीहरू बेपत्ता छन् ।

ठाकुरकाअनुसार माधव चीन र नेपालतर्फ सामान आयात–निर्यातमा संलग्न छन् । सबिन बैंकका कर्मचारी हुन् । उनीहरू रसुवाबाट बगेर आएको शव चितवनमा भेटिने आशमा अस्पतालको ‘पोष्टमार्टम घर’ आइपुगेका हुन् ।

संकलन गरेर ल्याइएका शव पनि उनीहरूले हेरे । त्यहाँ दुवै भेटिएनन् । उनीहरूले संकलित शवको विक्षिप्त अवस्था पनि सुनाए । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ कहालीलाग्दो अवस्था सुनाउँदै ठाकुरले थपे, ‘हामीले खोजिरहेकाहरू यहाँ भेटिएनन् ।’

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरूले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरूको तस्बिर लिएर आएका छन् ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : ५८ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ