काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति र सहयोगको प्रतिबद्धता राखेका छन् ।
बलिउड नायक सञ्जय दत्त र सोनु सुदले बाढी प्रभावितको चिन्ता व्यक्त गरेको हुन् ।
नायक दत्तले आफू सहयोगका लागि तयार भएको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा बाढीबाट प्रभावित हुनुभएका सबैप्रतिको प्रार्थना छ। यो कठिन समयमा म तपाईंहरूको साथमा छु र जुनसुकै तरिकाले सक्दो सहयोग गर्न सधैँ तत्पर रहनेछु । सुरक्षित रहनुहोस् र उच्च मनोबलका साथ बलियो रहनुहोस् ।’
त्यस्तै, नायक सुदले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । परोपकारी कामबाट चिनिँदै आएका उनको प्रतिबद्धता छ, ‘नेपाल एक्लो छैन । हामी खाना, बास र पुनःनिर्माणमा सहयोग गर्ने बल बोकेर आउँदैछौं ।’
अन्य बलिउड कलाकारले पनि नेपालको असहज परिस्थिति सामान्यका लागि प्राथना गरेका छन् ।












प्रतिक्रिया