कार्टुन : लाशमाथि डलर खेती ! « Khabarhub

कार्टुन : लाशमाथि डलर खेती !


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न छ। बाढीको भयावह अवस्थाका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन अस्तव्यस्त भएका छन्।

अहिलेसम्म तीन सयभन्दा बढीको निधन भइसकेको छ। त्यसको दोब्बर संख्यामा मानिसहरू बेपत्ता छन्।

तर यो भयावह अवस्थामा पनि मानवीय संवेदनशीलता गुमाउनेको जमात ठूलो छ। कोही लाशबाटै सुनका गहना थुतिरहेका छन्।

कोही उद्धार र राहतमा खट्नुपर्ने बेला कन्टेन्टको खोजीमा लागेका छन् । मानवीयतासमेत भुलेर गरिने यस्ता हर्कतलाई आजको कार्टुनले प्रहार गर्ने कोसिस गरेको छ।

सामाजिक सञ्जालमा हेर्दा जताजतै बाढीपहिरोका हृदयविदारक तस्बिर, भिडियो र अन्य विवरण पोस्ट वा रि-पोस्ट भइरहेका छन् । हजारौँको घर, धनसम्पत्तिसहित उठिबास भएका बेला गुमाइएको मानवीय संवेदनालाई लिएर यो कार्टुनमार्फत् कटाक्ष गरिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले यस्ता सामग्री पोस्ट नगर्न भनिसकेको छ। यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप पीडा पुग्न सक्ने कुरा भुलेको प्रति कार्टुनले व्यंग्य गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु