कार्टुन : लाशमाथि डलर खेती ! « Khabarhub

कार्टुन : लाशमाथि डलर खेती !


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न छ। बाढीको भयावह अवस्थाका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन अस्तव्यस्त भएका छन्।

अहिलेसम्म तीन सयभन्दा बढीको निधन भइसकेको छ। त्यसको दोब्बर संख्यामा मानिसहरू बेपत्ता छन्।

तर यो भयावह अवस्थामा पनि मानवीय संवेदनशीलता गुमाउनेको जमात ठूलो छ। कोही लाशबाटै सुनका गहना थुतिरहेका छन्।

कोही उद्धार र राहतमा खट्नुपर्ने बेला कन्टेन्टको खोजीमा लागेका छन् । मानवीयतासमेत भुलेर गरिने यस्ता हर्कतलाई आजको कार्टुनले प्रहार गर्ने कोसिस गरेको छ।

सामाजिक सञ्जालमा हेर्दा जताजतै बाढीपहिरोका हृदयविदारक तस्बिर, भिडियो र अन्य विवरण पोस्ट वा रि-पोस्ट भइरहेका छन् । हजारौँको घर, धनसम्पत्तिसहित उठिबास भएका बेला गुमाइएको मानवीय संवेदनालाई लिएर यो कार्टुनमार्फत् कटाक्ष गरिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले यस्ता सामग्री पोस्ट नगर्न भनिसकेको छ। यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप पीडा पुग्न सक्ने कुरा भुलेको प्रति कार्टुनले व्यंग्य गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ०५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको