बङ्गलादेशको वैदेशिक व्यापार घाटा तीन वर्षकै उच्च बिन्दुमा : आयात बढ्दा र निर्यात स्थिर रहँदा चुलियो संकट « Khabarhub

बङ्गलादेशको वैदेशिक व्यापार घाटा तीन वर्षकै उच्च बिन्दुमा : आयात बढ्दा र निर्यात स्थिर रहँदा चुलियो संकट


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बङ्गलादेशको वैदेशिक व्यापार घाटा आर्थिक वर्षमा तीन वर्षकै उच्च बिन्दुमा पुगेको छ। निर्यात आम्दानीमा कुनै खास वृद्धि नभई आयात खर्च निरन्तर बढेका कारण व्यापार घाटामा ठूलो उछाल आएको पाइएको छ। 

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार समीक्षाधीन आर्थिक वर्षमा देशको कुल व्यापार घाटा २७ अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३४ प्रतिशतले बढी हो। यस अवधिमा बंगलादेशको कुल वस्तु निर्यात करिब ४३ अर्ब ८५ करोड डलरमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग स्थिर जस्तै छ। 

अर्कोतर्फ, देशको कुल आयात खर्च १०.५ प्रतिशतले बढेर ७१ अर्ब १४ करोड डलर पुगेको छ। अर्थशास्त्री तथा विश्लेषकहरूले यस किसिमको व्यापार असन्तुलनले मुलुकको बाह्य क्षेत्रको अर्थतन्त्रमा केही दबाब सिर्जना गरे तापनि उच्च रेमिट्यान्स आप्रवाहका कारण तत्कालै गहिरो भुक्तानी सन्तुलनको संकट भने नआएको स्पष्ट पारेका छन्। यद्यपि, लगानीमुखी आयात र उत्पादनमूलक क्षेत्रमा अपेक्षित सुधार आउन नसक्नु चिन्ताको विषय बनेको उनीहरूको ठम्याइ छ। 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ११ : १८ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६