पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ « Khabarhub

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाएको छैन।

न्यायालय नेतृत्वमा छँदा मन्त्रिपरिषद्‍मा भागबन्डा खोजेको लगायतका गम्भीर आरोप लागेपछि उनी व्यापक विवादमा परेका थिए। सोही प्रकरणलाई लिएर कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलन नै चलाएका थिए।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन्। उनी निलम्बित अवस्थामै उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ०८ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य