पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ « Khabarhub

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाएको छैन।

न्यायालय नेतृत्वमा छँदा मन्त्रिपरिषद्‍मा भागबन्डा खोजेको लगायतका गम्भीर आरोप लागेपछि उनी व्यापक विवादमा परेका थिए। सोही प्रकरणलाई लिएर कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलन नै चलाएका थिए।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालत फर्किन पाएनन्। उनी निलम्बित अवस्थामै उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ०८ बजे

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर