नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता « Khabarhub

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ असोज ११ गते बिहान ८ बजे विशेष बाढी चेतावनी जारी गर्दै नारायणी नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्राधिकरणका अनुसार नारायणी नदीमा पानीको हालको स्तर ११ मिटर पुगेको छ, जसले खतराको तह पार गरिसकेको छ। जलसतह अझै बढेर करिब १३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

विशेष गरी चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) जिल्लाका नदी किनार र तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका छन्। प्राधिकरणले नदी किनारका स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न र तटीय क्षेत्रभन्दा टाढा रहन विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : २८ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो