बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध « Khabarhub

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन् 

। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
 
पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र  आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले हाल एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर पूर्णरुपमा सडक सञ्चालनका लागि मेसिन परिचालन गरिएको छ ।
 
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेको छ । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।
 
नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सो पहिरो हटाउने क्रम जारी छ ।
 
बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातयात सेवा अवरुद्ध भएको छ । निरन्तरको  वर्षा र  पहिरो खस्ने क्रम नरोकिएकाले  आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ ।
 
यसैगरी, कान्ति राजमार्गको चपली र तकुर्चेलायत स्थानमा पहिरो झरेका कारण सवारी आवागमन बन्द रहेको छ । सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिदा भित्तो कटान गरी अस्थायी रुपमा सञ्चालन भएको छ ।
 
मध्यपहाडी राजमार्गस्थित बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाइ सडक एकतर्फी सञ्चालनमा ल्याइको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षा कारण पन्छाउन कठिनाइ भएको छ । यस्तै जैमिनी–८, बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिएको छ भने लामा दूरीका सवारीलाई हाल अनुमति दिइएको छैन ।
 
तमोर करिडोरको मुलघाट–फिदिम खण्डको छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।
 
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोटमा पहिरो झेरपछि सडक पूर्णरुपमा बन्द भएको छ ।
 
कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरो कारण यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
 
भालुवाङ–चकचके–लिवाङ सडकको विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसधान सावधानीपूर्व सञ्चालनमा ल्याएको छ  भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ । 

यस्तै बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेकाले पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
 
विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक प्रभावित क्षेत्रमा परिचालन भएका छन् । रासस
 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ०१ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ