अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू « Khabarhub

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पर्यटक तथा सम्बन्धित सबै सरोकारवालाहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

जल तथा मौसम पूर्वानुमान अनुसार २०८३ साल असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना कायम रहेको छ । 

यसै परिस्थिति र प्राप्त निर्देशनलाई ध्यानमा राख्दै अन्नपूर्ण, मनास्लु तथा गौरीशङ्कर संरक्षण क्षेत्रका लागि प्रवेश अनुमति पत्रहरू असोज ११ गते दिउँसो १२ बजेदेखि मात्र जारी गरिने व्यवस्था गरिएको छ ।

प्रवेश अनुमति पत्र प्राप्त भए तापनि असोज १२ गतेको बिहानदेखि बाटोको अवस्था र मौसमको मूल्याङ्कन गरेर मात्र पर्यटकहरूलाई संरक्षण क्षेत्रमा प्रवेश दिइनेछ । 

मनसुनका कारण पदमार्गको अवस्था परिवर्तन हुन सक्ने भएकाले जोमसोम, मुक्तिनाथ, घान्द्रुक तथा अन्य छोटो दूरीका गन्तव्य बाहेक अन्य ट्रेकिङ क्षेत्रमा जाने पर्यटकहरूले अनिवार्य रूपमा इजाजत प्राप्त ट्रेकिङ गाइड साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ । 

पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यात्रा तय गर्नुअघि मौसम र पदमार्गको अवस्था अनिवार्य रूपमा बुझ्न आयोजनाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ४२ बजे

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’