कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द « Khabarhub

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आइतबार अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।  

उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसावधानी स्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो । 

‘सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो’, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ।

प्रशासनका अनुसार भैँसे हुँदै देउराली-सिस्नेरीतर्फ जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी-देउराली-हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा सञ्चालन गर्न पाइने छैन । 

अत्यावश्यक रूपमा काठमाडौँ-हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ । 

उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको स्पष्ट पारे । 

जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ ।  

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : २२ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण