जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति « Khabarhub

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन् ।

महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिँदा अदालतको पक्राउ पुर्जी नलिइएको बताइएको छ । प्रहरीका अनुसार जबरालाई सुरक्षा थ्रेट रहेको सूचनाका आधारमा राति नै सुरक्षित स्थानमा ल्याइएको हो।

यही घटनालाई लिएर ढुंगानाले विज्ञप्ति जारी गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उनले जेनजीबाट सुरक्षा थ्रेट रहेको कारण देखाएर जबरालाई नियन्त्रणमा लिनु विधिको शासनविपरीत भएको आरोप लगाए ।

ढुंगानाले सरकारले ‘जेनजी’ शब्दको प्रयोग गरिरहेको विषयमा समेत प्रश्न उठाएका छन् । उनले व्यंग्यात्मक रूपमा ‘त्यो थ्रेट प्रधानमन्त्री जेनजी हुन् कि गृहमन्त्री जेनजी रु’ भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरूलाई जेनजी आन्दोलनसँग जोड्दै आएको उल्लेख गर्दै ढुंगानाले सरकारकै कार्यशैलीले विधिको शासनमाथि प्रश्न उठाएको दाबी गरेका छन् ।

उनले वर्तमान सरकारले ‘जेनजी’ नामलाई सत्ता प्राप्तिको राजनीतिक माध्यमका रूपमा प्रयोग गरेको आरोपसमेत लगाएका छन् । ढुंगानाले वर्तमान सरकारलाई वास्तविक ‘जेनजी सरकार’ नभई ‘संक्रमणकालीन स्वार्थ समूहको सरकार’ का रूपमा चित्रण गरेका छन् ।

गैरजेनजी व्यक्तिहरूले जेनजी आन्दोलनको नाम राजनीतिक रूपमा प्रयोग गर्दा वास्तविक युवा पुस्ता र आन्दोलनको पहिचानमा असर परेको उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइए पनि उजुरीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ८ : ४६ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण