चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा मालवाहक सवारीसाधन रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौंका लागि छुटेका मालवाहक सवारीसाधनलाई सडक तथा मौसमको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सुरक्षित स्थानमा रोकेर राखिएको हो ।
प्रहरीका अनुसार मुग्लिन, लेवाटार, कुरिनटार र चुम्लिङटारलगायत स्थानमा सवारीसाधन रोकिएका छन् । लगातारको वर्षाका कारण राजमार्गमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर राखिएको प्रहरीले जनाएको छ ।
तस्बिर : हीरालाल गुरुङरनेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया