म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता « Khabarhub

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिकामा चार जना र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक जना र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताए । पहिरोमा पुुरिएका अन्नपूर्ण गाउँपालिका–५ गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा, ५६ वर्षीया दोमाया गर्बुजा र पाँच वर्षीया जेनी पुनको शव भेटिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार मालिका गाउँपालिका–३ औलामा किरन पुन र देव बहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्नपूूर्ण गाउँपालिका–८ काफलडाडाका १९ वर्षीय सविन चोचाङ्गीको शव भेटिएको र २२ वर्षीय मनोज गर्बुजा बेपत्ता रहेका म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । उनका अनुसार पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका–३ भकिम्ली छेपारेका ३६ वर्षीया कुमारी वली विक र अन्नपूर्ण गाउँपालिका–३ फगामकी युमाया पाईजा बेपत्ता भएका छन् ।

पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत शिखघारमा ल्याएर सुरक्षित ठाउँमा बसोबासको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । अस्थायी शिवरमा राहत सामग्रीको पनि व्यवस्था मिलाइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्दार, बेपत्ताको खोजीमा ढिलाई भएको प्रजिअ गैरेले बताए ।

चार दिनको लगातारको झरिका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् । पर्वतको मालढुङ्गा स्थित कालीगण्डकी नदीमा रहेको सडक पुलको पहुँचमार्ग, सहश्रधारामा सडक कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा–काठमाडौ लगायत सहरसँग यातायात सम्पर्क बिच्छेद भएको छ । आज दिउँसोदेखि वर्षा रोकिएको र नदीहरुमा बाढीको सतह घटेको बताउँदै प्रजिअ गैरेले सडक, विद्युत र सञ्चार सुविधा सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र