पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का « Khabarhub

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र हो । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का (हाल बुद्ध–थुम्का) पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सो स्थानमा शान्तिका प्रतिक ‘गौतम बुद्ध’को प्रतिमा तथा पार्क निर्माण भएपछि आकर्षण थपिएको हो ।

स्थानीय शिक्षक शालिकराम श्रेष्ठ अनुसार कोटथुम्कामा स्थानीयसँगै सङ्घीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । कोटथुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका महत्वपूर्ण गन्तव्य रहेका छन् ।

कोटथुम्कामा पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाइकिङ’ वा यातायातबाट पुग्न सकिन्छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन र चैत महिनामा ढकमक्क लालीगुराँस फुल्छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि थुम्का नजिक रामपुर भीमसेन थुम्कामा बुद्धपार्कको निर्माण गरी थप आकर्षण बढाइएको छ । त्यस स्थानमा धार्मिक गुरु (श्रीलङ्कन नागरिक) भन्ते वीमलाले विश्व शान्तिको कामना गर्दै बुद्ध प्रतिमा निर्माण गरेको स्थानीय अगुवा गणेश पराजुलीले बताए । उनका अनुसार चार करोड लगानीमा बुद्ध प्रतिमालगायत पूर्वाधार निर्माण गरिएको हो । बौद्ध धर्मालम्बीले यस स्थललाई ‘समाधि बुद्ध माउण्टेन’को नामले चिनिने गरेको पराजुली बताउँछन् । उनी भन्छन्, ‘बुद्ध प्रतिमा निर्माणपछि बौद्ध धर्मालम्बीको बाक्लो उपस्थिति हुन थालेको छ ।’

२०७३ सालमा तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशीथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्वमा थप उजागर गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई कोटथुम्का चिनाएर रमाउन सकिने स्थानीय बताउँछन् ।

‘हामी कोटथुम्कालाई हालको संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ’, स्थानीय सामाजिक कार्यकर्ता रामबहादुर तामाङले भने ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीयस्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तरबाटै पहल आवश्यक रहेको स्थानीयको भनाइ छ । यस्तै कोटथुम्का नजिकको अर्को पर्यटकीय क्षेत्र थानडाँडा, जहाँ खानेपानी र बसोवासको राम्रो सुविधा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ८ : ११ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर