एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’ « Khabarhub

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । 

यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।

आजदेखि आगामी मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याकेज चलाउन सकिने समयावधि  ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।  

टेलिकमका अनुसार ‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*९# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ । 

नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफपसियल टेलिकम पार्टनर समेत रहेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १२ : २४ बजे

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका